अब मोबाइलमै थाहा पाइने भयो १२ कृषि बजारको दैनिक थोक मूल्य
kalakarmi.com · Wed Jul 29 04:05:52 GMT 2026

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको छ ।
विभागले मंगलवार एक सूचना जारी गर्दै ‘एएमपिआइएस नेपाल नामक मोबाइल एप सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । एपमार्फत किसान, व्यापारी तथा सरोकारवालाले कृषि उपजको दैनिक थोक मूल्य, मूल्य प्रवृत्ति तथा बजारसम्बन्धी विभिन्न जानकारी सहजै प्राप्त गर्न सक्ने विभागले जनाएको छ ।
Read full story at source (kalakarmi.com)