संकटमा सरकार संवेदनशील बन्न सकेन : प्रचण्ड
lokaantar.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा जारी सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै संयोजक प्रचण्डले यस्तो बताएका हुन्।
संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्नेमा उनले जोड दिए। विगतमा भूकम्प, बाढीपहिरोजस्ता विपद्का बेला वा संविधान निर्माणजस्ता जटिल प्रक्रियामा राजनीतिक दलहरूले साझा सहमति र राष्ट्रिय एकताको गतिलो उदाहरण प्रस्तुत गरेको स्मरण गराउँदै प्रचण्डले आज पनि त्यही राजनीतिक परिपक्वता र जिम्मेवारीको खाँचो रहेको औँल्याए।
Read full story at source (lokaantar.com)