दैलेखमा फोर्स गाडी दुर्घटना, ६ जना गम्भीर घाइते
annapurnapost.com · Wed Jul 29 04:14:23 GMT 2026

वीरेन्द्रनगर : दैलेखको गुराँस गाउँपालिका–१ मैनखोलामा फोर्स गाडी दुर्घटना भएको छ । प्रहरीका अनुसार बुधबार बिहान फोर्स गाडी दुर्घटना हुँदा ६ जना गम्भीर घाइते भएका छन् ।
सुदुरपश्चिम प्रदेश ०१-००१- ३०७२ नम्बरको फोर्स गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरिएको छ ।
Read full story at source (annapurnapost.com)