गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीनदिने शोक, झण्डा आधा झुकाइने
nepalviews.com · Wed Jul 29 04:35:12 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म पार्टीका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको आकस्मिक बैठकले ७९ वर्षीय श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो। बैठकले दिवंगत नेताको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेको छ।
Read full story at source (nepalviews.com)