सर्वदलीय बैठकमा प्रधानमन्त्री नआएपछि गगनले भने- यस्तो बेलामा पनि ठालु भएर बस्ने हो ?
annapurnapost.com · Wed Jul 29 04:38:41 GMT 2026

काठमाडौं : सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएपछि नेपाली कांग्रेस सभापति गगन थापाले आपत्ति जनाएका छन्। बुधबार बिहान बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले अहिलेको अवस्थामा सबैलाई एकताबद्ध बनाउने प्रयास आवश्यक रहेको बताए। उनले सरकारलाई अप्ठ्यारोमा पार्ने कांग्रेसको उद्देश्य नभएको स्पष्ट गर्दै सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए।
'यो बेला सबैलाई जोड्ने प्रयास गर्नुपर्छ। हामी सरकारलाई अप्ठ्यारोमा पार्न चाहँदैनौँ, सरकारसँग मिलेर काम गर्न चाहन्छौँ,'उनले भने,'तर, यस्तो अवस्थामा प्रधानमन्त्रीले भाउ खोजेर बस्ने,ठालु भएर बस्ने होइन। सबैलाई समेटेर अघि बढ्नुपर्छ।'
Read full story at source (annapurnapost.com)