मान्चिनी दोस्रोपटक इटालीको प्रशिक्षकमा नियुक्त
kendrabindu.com · Wed Jul 29 04:41:48 GMT 2026
काठमाडौं । रोबर्टो मान्चिनी दोस्रोपटक इटाली राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भएका छन् । इटाली फुटबल फेडेरेसन (एफआइजिसी)ले मान्चिनीलाई आगामी युरोपियन च्याम्पियनसिका लागि प्रशिक्षण जिम्मेवारी सुम्पिएको हो ।
मान्चिनीले गेनारो गाटुसोको स्थान लिएका हुन् । विश्वकपमा स्थान बनाउन नसकेपछि गाटुसोले गत अप्रिलमा राजीनामा दिएका थिए । इटाली युरोपेली छनोटको प्ले अफमा बोस्निया एन् हर्जगोभिनासँग पराजित भएको थियो ।
Read full story at source (kendrabindu.com)