एकै दिन विपद्का ४२ घटना, तीनजनाको मृत्यु
baahrakhari.com · Wed Jul 29 04:56:40 GMT 2026

काठमाडौं । एकै दिन देशका विभिन्न भागमा विपद्का ४२ वटा घटना भएका छन् । ती घटनामा परी तीनजनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, साउन ११ गते बिहान १० बजेदेखि साउन १२ गते बिहान १० सम्मको विवरणअनुसार विपद्का घटनाबाट १० जिल्ला प्रभावित भएका छन् । यो अवधिमा तीनजनाको मृत्यु भएको, २१ जना घाइते भएको र कोही पनि बेपत्ता नभएको प्राधिकरणले जनाएको छ ।
Read full story at source (baahrakhari.com)