कपिलवस्तुमा ट्रकले किचेर ३ जनाको मृत्यु
nepallive.com · Wed Jul 29 05:08:07 GMT 2026

कपिलवस्तु – तौलिहवा–बहादुरगन्ज हुलाकी सडकअन्तर्गत महाराजगन्ज नगरपालिका वडा नम्बर २, गैंडहवा चोक नजिकै ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।
बहादुरगन्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले पैदल र साइकलयात्रीलाई ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु भएको हो ।
Read full story at source (nepallive.com)