नेपालमा बाघको संख्या बढेर ४ सय २९, कहाँ कति ?
clickmandu.com · Wed Jul 29 05:13:54 GMT 2026

काठमाडौं । नेपालमा बाघको संख्या ४ सय २९ पुगेको छ । बुधबार चितवनमा सार्वजनिक गरिएको राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा अनुसार बाघको संख्या बढेको हो । यसअघि बाघको संख्या ३५५ थियो ।
सार्वजनिक नतिजा अनुसार चितवनमा १४५, बर्दियामा ११२, पर्सामा ७१, बाँकेमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ रहेका छन् ।
Read full story at source (clickmandu.com)