महावीर पुनको पहलमा ४४ मेडिकल उपकरण पुनर्जीवित
barnanmedia.com · Wed Jul 29 05:06:58 GMT 2026

नेपालगञ्ज: विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल मा बिग्रिएका मेडिकल उपकरणमध्ये ४४ वटा सफलतापूर्वक मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको प्राविधिक टोलीले मर्मत गरेका यी उपकरण अब पुनः क्यान्सर बिरामीको उपचारमा प्रयोग हुने भएका छन्।
मन्त्री पुनका अनुसार अस्पतालमा बिग्रिएका कुल ६० वटा मेडिकल उपकरणमध्ये ४४ वटा राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरी सञ्चालनमा ल्याएको हो। बाँकी उपकरणको मर्मतका लागि आवश्यक प्राविधिक प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
Read full story at source (barnanmedia.com)