बाढी पीडितलाई सहयोग गर्न डोकोमै खाद्यान्न बोकेर रसुवा जाँदै युवाहरू
onlinekhabar.com · Sun Aug 30 11:52:17 GMT 2026

१४ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित बनेका परिवारहरुलाई सहयोग गर्न भन्दै डोकोमै खाद्यान्न लगायतका सामाग्रीहरु बोकेर युवाहरुको समूह रसुवातर्फ गएको छ । यूके बस्दै आएका विप्लव खड्कासहितको टोली खाद्यन्न बोकेर रसुवातर्फ गएको हो।
भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोटमा ठूलो क्षति बनाएको समाचार सार्वजनिक भएपछि नेपाल फर्केका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै युवाहरुको एउटा समूह बनाएर खड्काको टोली बाढी पीडितलाई सहयोग गर्न रसुवातर्फ गएको हो ।
Read full story at source (onlinekhabar.com)