'नाडा अटो शो'को अन्तिम ३ घण्टाको टिकट बिक्री रकम बाढीपीडितलाई सहयोग गरिने
annapurnapost.com · Sun Aug 30 11:51:03 GMT 2026

काठमाडौं : सामाजिक उत्तरदायित्व र विपद्मा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नाडा अटो शोको अन्तिम दिन आईतबार साँझ ४ बजेदेखि ७ बजेसम्म बिक्री हुने सम्पूर्ण टिकटको रकम बाढी तथा पहिरोपीडितलाई सहयोग गर्ने घोषणा गरेको छ।
देशभर भइरहेको अविरल वर्षा र बाढीपहिरोका कारण धेरै परिवारहरू समस्यामा परेको अवस्थालाई मध्यनजर गर्दै नाडा टोलीले मेलाको अन्तिम समयलाई राहत कोषमा योगदान पुर्याउने अवसरका रूपमा अघि बढाउने निर्णय गरेको हो।
Read full story at source (annapurnapost.com)