ट्रकको ठक्करबाट बालकसहित ३ जनाको मृत्यु
ratopati.com · Wed Jul 29 05:24:14 GMT 2026

कपिलवस्तु । कपिलवस्तुको तौलिहवा–बहादुरगञ्ज हुलाकी सडक खण्डअन्तर्गत महाराजगन्ज नगरपालिका–२ स्थित गैँडहवा चोक नजिक ट्रकको ठक्करबाट एक बालकसहित ३ जनाको मृत्यु भएको छ।
बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा स्थानीय १२ वर्षीय आनन्द कहार, महाराजगन्ज नगरपालिका–३ का ७५ वर्षीय घोल्लर कुर्मी र ४५ वर्षीय विजयकुमार बनियाको घटनास्थलमै मृत्यु भएको हो।
Read full story at source (ratopati.com)