जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो
nepalviews.com · Wed Jul 29 05:54:39 GMT 2026

एजेन्सी । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी छन् ।
प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार स्थानीय समयअनुसार बुधबार बिहान १०ः३० बजेसम्म भूकम्पमा परी १३ जनाको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमध्ये केहीको मृत्यु भूकम्पसँग सम्बन्धित कारणबाट भएको हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।
Read full story at source (nepalviews.com)