माइतीघरमा लघुवित्त पीडितको सामूहिक आमरण अनशन जारी
ratopati.com · Wed Jul 29 06:16:49 GMT 2026

काठमाडौँ । विभिन्न पाँच बुँदे माग राख्दै लघुवित्त पीडितहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधवार पनि सामूहिक आमरण अनशन जारी राखेका छन् । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा मङ्गलवारदेखि सुरु भएको उक्त अनशन बुधवार दोस्रो दिन पनि जारी रहेको छ ।
आन्दोलनकारीहरूले सामाजिक न्याय र वित्तीय शोषणको अन्त्य हुनुपर्ने भन्दै सरकारसँग विभिन्न मागहरू अघि सारेका छन् । उनीहरूले सर्वोच्च अदालतको परमादेश बमोजिम लघुवित्त पीडितका तीन बुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।
Read full story at source (ratopati.com)