सुनसरी घटना : सर्वदलीय बैठकको पाँच बुँदे संयुक्त वक्तव्य जारी (पूर्णपाठसहित)
nagariknews.nagariknetwork.com · Wed Jul 29 06:41:08 GMT 2026

सुनसरीलगायत विभिन्न जिल्लामा हालै घटेका संवेदनशील तथा दुःखद घटनाप्रति प्रमुख राजनीतिक दलहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले शान्ति, सामाजिक सद्भाव र संयमता अपनाउन देशवासीलाई संयुक्त अपिल जारी गरेको छ। रास्वपा महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकले पछिल्ला घटनाहरूमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै, घटनामा घाइते भएका नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)