बनाउँदै गरेको सेप्टी ट्यांकी भत्किदा बाँकेमा तीनजना मजदुरको मृत्यु
annapurnapost.com · Wed Jul 29 06:47:03 GMT 2026

नेपालगन्ज : बाँकेको कोहलपुरमा सेप्टी ट्यांकी भत्केर च्यापिदा तीनजना मजदुरको मृत्यु भएको छ । बाँके कोहलपुर नपा –३ शान्ति टोलमा एकजना व्यक्तिको घरको आगनमा बनाउँदै गरेको ट्यांकीको रिङ भत्केर तीनजनाको ज्यान गएको कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए।
घटना बिहान ९ बजे तिर भएको हो। प्रहरीले कोहलपुर –३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु,२६ वर्षीय प्रकाश थारु र ३३ वर्षीय बिर्जा थारुको ज्यान गएको जनाएको छ । मजदुरहरू च्यापिएको थाहा पाए लगतै उद्धारका लागि प्रहरी नायव उपरीक्षक पालको कमाण्डमा १५ जना प्रहरी घटना स्थल पुगेका थिए । प्रहरीले मृतकहरूको शव पोष्टमार्टमका लागि भेरी अस्पताल पठाएको छ ।
Read full story at source (annapurnapost.com)