रसुवा बाढीमा मोरङका १४ जना सम्पर्कविहीन, ९ जना फेला
ratopati.com · Sun Aug 30 12:07:29 GMT 2026

विराटनगर । रसुवा, धादिङ र नुवाकोटको विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परी मोरङ जिल्ला स्थायी ठेगाना भएका १४ जना व्यक्तिहरू सम्पर्कविहीन भएका छन् । प्राप्त पछिल्लो विवरण अनुसार ९ जना व्यक्तिहरू भने विभिन्न स्थानमा फेला परेका छन् ।
सम्पर्कविहीन हुनेहरूमा विराटनगरका शिव शङ्कर गुप्ता, सचिन गौतम, दुर्गाप्रसाद पोखरेल र सोमप्रसाद कटेल रहेका छन् । यस्तै, लेटाङ नगरपालिकाका मेघा चेम्जोङ, सोना चेम्जोङ, देवीमाया तामाङ र पासाङ तामाङ पनि सम्पर्कविहीन भएका छन्।
Read full story at source (ratopati.com)