बागलुङमा हलो नाच प्रदर्शन, तस्बिरहरू
ratopati.com · Sun Aug 30 12:07:21 GMT 2026

बागलुङ। बागलुङ बजारमा लोपोन्मुख हलो नाच (होबा) प्रदर्शन गरिएको छ। सयौँ वर्ष पुरानो मानिने यो नाच नेवार सुमदायका युवाहरुले प्रदर्शन गरेका हुन् । संरक्षणको अभावमा केही वर्ष गाडिनै लोप हुन थालेको हलोनाचले अहिले पुनः निरन्तरता पाउन थालेको छ।
यो नाच हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म प्रदर्शन गर्ने चालन छ। पछिल्लो समय युवापुस्ताले पाकापुस्ताबाट सिक्दा नाच संरक्षण हुन थालेको हो । गाईजात्राको अवसरमा यो नाच नाचिने बुढापाका बताउँछन् । नाचमा सहभागी कलाकार विभिन्न भेषभूषामा सजिएका हुन्छन्।
Read full story at source (ratopati.com)