सरकारलाई सुझाव दिने कोशीका सचिवलाई रसुवामा शव व्यवस्थापनको जिम्मा
annapurnapost.com · Sun Aug 30 12:09:43 GMT 2026

विराटनगर : बाढी तथा विपद्का क्रममा भेटिएका शवको व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई बाढी प्रभावित रसुवामा काजमा खटाइएको छ। सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनका बारेमा सुझाव दिएको भोलिपल्टै निरौलालाई रसुवा पठाउने निर्णय भएपछि प्रशासनिक वृत्तमा यसलाई चासोका साथ हेरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई रसुवाको टिमुरे क्षेत्रमा केन्द्रित भएर काम गर्ने गरी काजमा खटाइएको हो । उनलाई भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि हराएका, बेपत्ता तथा मृत्यु भएका व्यक्तिको खोजी, उद्धार, राहतसँगै शव व्यवस्थापनको जिम्मेवारी दिइएको छ।
Read full story at source (annapurnapost.com)