रविले बोलाएको बैठकपछि सुनसरी घटनापछि ९ दल एक ठाउँमा: जारी गरियो ७ बुँदे संयुक्त अपिल
barnanmedia.com · Wed Jul 29 06:53:51 GMT 2026

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि नौ राजनीतिक दलले संयुक्त रूपमा सात बुँदे अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र संवादमार्फत समस्याको समाधान खोज्न आह्वान गरेका छन्।
संयुक्त अपिलमा दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र पारस्परिक भाइचाराको संरक्षणमा आफूहरू एकताबद्ध रहेको सन्देश दिएका छन्। साथै, सुनसरीलगायत प्रभावित क्षेत्रमा विकसित परिस्थितिको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन्।
Read full story at source (barnanmedia.com)