झापामा कारको ठक्करबाट वृद्धाको मृत्यु
ratopati.com · Wed Jul 29 07:15:22 GMT 2026

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको मृत्यु भएको छ ।
कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्र१–०१–००२ च ०००५ नम्बरको सेतो कारले जिल्ला प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी भद्रपुर नगरपालिका–९ बस्ने ९२ वर्षीया धनमाया खड्कालाई ठक्कर दिएको थियो ।
Read full story at source (ratopati.com)