कानुन व्यवसायीबीच सद्भाव र सहकार्यको सन्देश दिँदै ‘लयर्स फुटसल कप–२०८३’ सम्पन्न
ajakoartha.com · Wed Jul 29 07:10:00 GMT 2026
काठमाडौं- कानुन व्यवसायी, अदालत र न्याय क्षेत्रबीच आपसी सद्भाव, सहकार्य तथा व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित ‘लयर्स फुटसल कप–२०८३’ सफलतापूर्वक सम्पन्न भएको छ। भक्तपुर बार एसोसिएसनको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा चार जिल्लाका बार एसोसिएसन, जिल्ला अदालतका टोली, कानुनी सेवा तथा कानून फर्मका गरी १४ टोलीको सहभागिता रहेको थियो।
समापन समारोहलाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष विजयप्रसाद मिश्रले अदालत र बारबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन खेलकुदजस्ता सिर्जनात्मक कार्यक्रम प्रभावकारी हुने बताएका छन् । उनले जिल्ला बार एसोसिएसनहरूले आगामी दिनमा पनि खेलकुद, व्यावसायिक तथा सामाजिक गतिविधिमार्फत आपसी सहकार्य र सद्भावलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
Read full story at source (ajakoartha.com)