सञ्चारमन्त्री डा तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता, नेपालमा आयोजना हुने सम्मेलनबारे छलफल
barnanmedia.com · Wed Jul 29 07:14:14 GMT 2026

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सञ्चार मन्त्रालयमा भएको भेटवार्तामा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, आमसञ्चारसम्बन्धी कानुनी व्यवस्था तथा सुधारका पक्षमा गरिएका प्रयास र नेपालमा आयोजना हुन लागेको एआइबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको थियो ।
Read full story at source (barnanmedia.com)