बाढी पीडितलाई सघाउन इसेवाबाटै प्रधानमन्त्री राहत कोषमा रकम पठाउन सकिने, शुल्क नलाग्ने
techpana.com · Thu Aug 27 13:10:51 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि डिजिटल वालेट इसेवाले पहल सुरु गरेको छ । बाढीपीडितको सहयोगका लागि इच्छुक नागरिकहरूले इसेवा एपमार्फत सिधै ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आर्थिक सहयोग जम्मा गर्न सक्नेछन् ।
इसेवाले आफ्नो मोबाइल एपको होमपेजमा "Contribute to the Prime Minister's Disaster Relief Fund" (प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नुहोस्) शीर्षकको ब्यानर राखेको छ । प्रयोगकर्ताले उक्त ब्यानरमा क्लिक गरी आफूले चाहेको रकम पठाउन सक्नेछन् ।
Read full story at source (techpana.com)