विजय बराल र अञ्जना बराइलीको दोस्रो सहकार्य रहेको ‘सिन्दुरे जात्रा’ को छायांकन सकियो, मंसिर ४ मा आउने
himalpress.com · Wed Jul 29 07:51:06 GMT 2026

काठमाडौँ- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सम्पन्न भएको छ। दुई चरणमा गरिएको छायांकन मंगलबार सम्पन्न भएको निर्माण पक्षले जनाएको छ। गत जेठ १ गते पर्वतको कुस्मा नगरपालिका–स्थित आर्थर डाँडाखर्कबाट सुरु भएको छायांकन पहिलो चरणमा १५ दिन चलेको थियो।
त्यसक्रममा मुख्य अभिनेता विजय बरालको दाहिने हातको नाडीमा चोट लागेपछि सुटिङ केही समयका लागि स्थगित गरिएको थियो। उनी पूर्ण रूपमा स्वस्थ भएपछि दोस्रो चरणको छायांकन सुरु गरिएको निर्माण पक्षले जनाएको छ। निर्देशक सरोज पौडेलका अनुसार दुई चरणमा विभाजन गरिएको छायांकन सम्पन्न गर्न ४० दिन लागेको हो। उनले गुणस्तरीय फिल्म निर्माणका लागि कलाकार तथा प्राविधिक टोलीले गरेको मेहनतप्रति आभार व्यक्त गरेका छन्।
Read full story at source (himalpress.com)