माइतीघरको डुबान समस्या समाधानका लागि चल्याे डाेजर
kendrabindu.com · Wed Jul 29 08:03:01 GMT 2026

काठमाडौं । माइतीघर क्षेत्रमा डुबान र ढल निकासको दीर्घकालीन समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले ढल सफाइ तथा निकास खोल्ने कार्य अघि बढाएको छ । महानगरले आर्मी मुख्यालयतर्फ छिर्ने बाटोबाट निकास सफा गर्दै डोजर लगाएर नाला खोल्न सुरु गरेको हो।
हालै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले गरेको अध्ययनअनुसार माइतीघरको डुबान प्राविधिक त्रुटि, अव्यवस्थित सहरीकरण र संरचनागत अतिक्रमणका कारण भएको निष्कर्ष निकालिएको थियो। विगतमा थापाथली, सिंहदरबार र बबरमहलबाट आउने भेलपानी माइतीघरको होचो प्राकृतिक जलाशयमा जम्मा हुने गरे पनि सो जग्गामा जिल्ला प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयका पक्की भवनहरू बनेपछि डुबानको समस्या बढेको हो।
Read full story at source (kendrabindu.com)