नदीजन्य पदार्थ उत्खनन रोक
ratopati.com · Thu Jun 25 23:45:55 GMT 2026

कालिकोट । कालिकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय कालिकोटले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन गर्न रोक लगाएको हो ।
अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन कार्य हुँदै आइरहेको र पटकपटकका जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट स्थानीय तहले कानुन बनाएर मात्र कानुनसम्मत रूपमा उत्खनन तथा उपयोग गर्ने निर्णय भएकामा त्यसको पालना नभएका कारणले रोक लगाएको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाएको छ ।
Read full story at source (ratopati.com)