तरलता व्यवस्थापन गर्न ३० अर्बको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
baahrakhari.com · Wed Jul 29 08:04:50 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले दुई महिनाको लागि ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण बुधबार सो रकमबराबरको निक्षेप संकलन गर्न लागेको हो । यसअघि साउन ११ गते पनि ३० अर्ब रुपैयाँको १७९ दिने निक्षेप संकलन गरिएको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूमा खर्बौं रुपैयाँ बढी अधिक लगानीयोग्य पुँजी (तरलता) रहेकोले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गर्दै व्यवस्थापन गरिरहेको छ । बैंकमा निक्षेप रकम बढ्दै जाने तर कर्जाको माग नबढ्दा लामो समयदेखि यही स्थिति दोहोरिरहेको छ ।
Read full story at source (baahrakhari.com)