अमेरिका र साउदीद्वारा इराकमा आक्रमण, आठजनाको मृत्यु
barnanmedia.com · Wed Jul 29 08:09:26 GMT 2026

काठमाडौं । अमेरिका र साउदीले इराकमा गरेको आक्रमणमा आठजनाको मृत्यु भएको छ । साउदी अरेबियाका तेल पूर्वाधारहरूमा ड्रोन आक्रमण गरेको आरोपमा अमेरिका र साउदीले बुधबार इराकमा रहेको इरान–समर्थित समूह ‘पपुलर मोबिलाइजेसन फोर्सेस’विरुद्ध आक्रमण गरेका थिए ।
अमेरिकी सेन्ट्रल कमान्ड र साउदी रक्षा मन्त्रालयले संयुक्त रूपमा पूर्वी इराकका विभिन्न स्थानमा आक्रमण गरेको पुष्टि गरेका छन् । साउदी रक्षा मन्त्रालयले आफू तनाव बढाउने पक्षमा नरहे पनि कुनै पनि आक्रमणको उचित जवाफ दिने स्पष्ट पारेको छ ।
Read full story at source (barnanmedia.com)