बालेनको कर फिर्ता घोषणा अझै कार्यान्वयन भएन, धमाधम अतिरिक्त शुल्क लिँदैछन् अस्पताल
ratopati.com · Wed Jul 29 08:23:39 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेको कर फिर्ताको घोषणा अझै कार्यान्वयनमा आएको छैन । आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् ल्याइएको स्वास्थ्य र शिक्षा क्षेत्रमा ३ प्रतिशत समता शुल्क फिर्ता लिने बालेनको घोषणा एक साता बित्दा समेत कार्यान्वयनमा आउन नसकेको हो ।
बालेनले अघिल्लो साता साउन ५ गते फेसबुकमा पोस्ट गर्दै कर फिर्ताको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट बसेको मन्त्रिपरिषद्को बैठकले ती करहरू फिर्ता लिने निर्णय गरेको औपचारिक जानकारी दिइएको थियो ।
Read full story at source (ratopati.com)