बढ्दै छन् बाघ : मानिस र जैविक मार्ग सुरक्षित गर्नु अर्को चुनौती
ratopati.com · Wed Jul 29 08:24:12 GMT 2026

नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक सफलता हासिल गरेको छ । विश्व बाघ दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा जङ्गली पाटे बाघको संख्या बढेर ४२९ पुगेको छ । चार वर्षअघि गरिएको गणनामा ३५५ बाघ भेटिएका थिए । यस पटक ७४ वटा बाघ थपिएका छन्, जसले नेपाललाई विश्वमै सफल बाघ संरक्षण गर्ने मुलुकमध्ये एकका रूपमा पुनः स्थापित गरेको छ ।
तर संरक्षणकर्मीहरूका अनुसार धर्के साधु’को संख्या बढ्नु मात्र पर्याप्त उपलब्धि होइन, सबैभन्दा ठुलो चुनौती त बाघलाई सुरक्षित रूपमा विचरण गर्न सक्ने वन्यजन्तु मार्ग (कोरिडोर) जोगाउनु हो । संरक्षित वन क्षेत्रभित्र बाघको संख्या बढ्दै जाँदा उनीहरू नयाँ क्षेत्र खोज्दै बाहिर निस्कनुपर्ने हुन्छ । यदि वन क्षेत्रबिचको मार्ग टुट्यो भने मानव–बाघ द्वन्द्व, आन्तरिक दुर्घटना र आनुवंशिक विविधता घट्ने जोखिम बढ्छ ।
Read full story at source (ratopati.com)