भारतीय सेनामा नेपालीको भर्ती पुनः सुरु गर्न सरकारसँग लमजुङका भूतपूर्व सैनिकको माग
nepalnews.com · Wed Jul 29 08:36:19 GMT 2026

लमजुङ। लमजुङ भारतीय भूतपूर्व सैनिक विकास समितिले भारतीय सेनामा नेपाली युवाको भर्ती प्रक्रिया पुनः सुचारु गर्न नेपाल सरकारले भारत सरकारसँग आवश्यक कूटनीतिक पहल गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
समितिले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै बुझाएको ज्ञापनपत्रमा सन् १९४७ को नेपाल–भारत–बेलायत त्रिपक्षीय सम्झौताअनुसार नेपाली नागरिक भारतीय सेनामा भर्ती हुँदै आएको स्मरण गराएको छ। भारतले अग्निपथ (अग्निवीर) योजना लागू गरेपछि नेपालबाट हुने भर्ती प्रक्रिया प्रभावित भएको भन्दै त्यसलाई पुनः सञ्चालन गर्न पहल गर्न सरकारसँग आग्रह गरिएको छ।
Read full story at source (nepalnews.com)