मन्त्रीको ठाडो निर्देशनमा तार काटिएपछि थापाथलीको इन्टरनेट अस्तव्यस्त, गौशालामा छुट्टै लफडा
techpana.com · Wed Jul 29 08:33:25 GMT 2026

काठमाडौं । राजधानीका विभिन्न स्थानमा अव्यवस्थित तार व्यवस्थापन गर्ने क्रममा सरोकारवाला निकायबिच आवश्यक समन्वय नहुँदा इन्टरनेट सेवा अस्तव्यस्त बन्न पुगेको छ । मङ्गलबार मध्यराति थापाथलीमा अव्यवस्थित तारमा आगलागी भएपछि ऊर्जामन्त्रीको ठाडो निर्देशनमा तार काटिँदा त्यस क्षेत्रको इन्टरनेट सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।
यता, गौशालामा नेपाल टेलिकमको तार काटिएको भन्दै निजी इन्टरनेट सेवा प्रदायक (आईएसपी) का प्राविधिकहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि छुट्टै लफडा सिर्जना भएको छ । मङ्गलबार मध्यराति थापाथली क्षेत्रमा लामो समयदेखि गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा एक्कासि आगलागी भएको थियो ।
Read full story at source (techpana.com)