कपिलवस्तुमा ट्रकको ठक्करबाट बालकसहित तीनको मृत्यु
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
कपिलवस्तु। कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित बहादुरगञ्ज-तौलिहवा हुलाकी सडकखण्डमा ट्रकले दुईटा साइकल र एक पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको ना.५ ख २३६४ नम्बरको ट्रकले दुईटा साइकल र सडकमा हिँडिरहेका एक पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनाको उपचारका क्रममा जिल्ला अस्पताल तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (hamrakura.com)