प्रस्तावित प्रमुख आयुक्त कार्कीलाई सुनुवाइ समिति सभापतिका एक दर्जन प्रश्न
ratopati.com · Wed Jul 29 08:42:02 GMT 2026

काठमाडौँ । संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको कार्ययोजनामाथि प्रश्न गर्दै उनको भावी रणनीति र क्षमतामाथि विभिन्न जिज्ञासा राखेका छन् । प्रस्तावित प्रमुख आयुक्त कार्कीले पेस गरेको कार्ययोजनामाथि छलफल गर्दै सभापति श्रेष्ठले व्यक्तिगत रुचिदेखि निर्वाचन प्रणालीका जटिल कानुनी र व्यवस्थापकीय पक्षसम्मका विषयमा प्रश्न गरेका हुन् ।
सभापति श्रेष्ठले सर्वोच्च अदालतको रजिस्ट्रार पद छोडेर निर्वाचन आयोगको प्रमुख आयुक्त बन्ने कार्कीको इच्छामाथि प्रश्न उठाए । उनले प्रश्न सोध्दै भने, ‘सर्वोच्चको रजिस्ट्रारबाट प्रमुख निर्वाचन आयुक्तमा किन आउन मन लाग्यो रु सर्वोच्चको कार्यशैली र निर्वाचन आयोगको कार्यशैलीमा धेरै फरक छ, त्यहाँ काम गर्दा आफ्नो योजना कसरी सुधार्नुपर्छ भन्ने सोच्नुभएको छ ?’
Read full story at source (ratopati.com)