सामाजिक सञ्जाल प्रतिबन्धले अन्तर्राष्ट्रिय कानुन कमजोर पार्ने एक्सको आरोप
ratopati.com · Wed Jul 29 08:53:07 GMT 2026

काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले १६ वर्षमुनिका बालबालिकामाथिको सामाजिक सञ्जाल प्रतिबन्ध कडाइका साथ लागू गर्ने अस्ट्रेलियाको योजनाले अन्तर्राष्ट्रिय कानुनी सिद्धान्त र अमेरिकी कानुनलाई कमजोर पार्ने आरोप लगाएको छ ।
अस्ट्रेलियाले विश्वमै पहिलोपटक १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल खाता खोल्न प्रतिबन्ध लगाउने कानुन गत डिसेम्बरदेखि लागू गरेको थियो । यो कानुन लागू भएपछि अधिकांश अमेरिकी प्रविधि कम्पनीहरूले यसको आलोचना गर्दै आएका छन् ।
Read full story at source (ratopati.com)