नवलपरासीको पाल्हीनन्दन अध्यक्ष र उपाध्यक्षबिहीन
annapurnapost.com · Wed Jul 29 09:13:31 GMT 2026

परासी : नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष र उपाध्यक्षबिहीन बनेको छ । अहिले कार्यवाहक अध्यक्षका लागि चर्चासँगै छलफल सुरु भएको छ । तर कार्यवाहक उपाध्यक्ष तोक्ने विषयमा भने कानुनी अस्पष्टता देखिएको छ । कार्यवाहक अध्यक्षका लागि कार्यपालिकाका सदस्यहरुसँग बिहीबार छलफल गरी प्रक्रिया अघि बढाइने कार्यपालिकाका सदस्य समेत रहेका प्रमुख प्रशासकीय अधिकृत गोविन्द केसीले जानकारी दिए ।
‘कार्यवाहक अध्यक्ष चयनका लागि कार्यपालिकाका सदस्यहरुलाई जानकारी गराएर बिहीबार छलफल गर्छौ । सकेसम्म सहमतिमै टुङ््याउने प्रयास हुन्छ, नभए कानुनी प्रक्रियाअनुसार हुन्छ’, प्रमुख प्रशासकीय अधिकृत केसीले भने । यता कार्यवाहक उपाध्यक्षका बारेमा भने कानुनविद्हरुले आ–आफ्नै तर्क दिएका छन् । कसैले अध्यक्ष मात्र तोक्नु पर्ने बताएका छन् भने कसैले उपाध्यक्ष समेत तोक्नु पर्ने तर्क गर्दै आएका छन् ।
Read full story at source (annapurnapost.com)