हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
barnanmedia.com · Wed Jul 29 09:09:34 GMT 2026

यहाँको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन लगाइएको नाङ्गो विद्युतीय तार छोएपछि करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी श्रीमती अन्दाजी ६५ वर्षीया सनज्योति लिम्बूको मृत्यु भएको छ । आज बिहान करिब ९ः०० बजे भएको उक्त घटनामा उहाँको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।
Read full story at source (barnanmedia.com)