चिकित्सा शिक्षा आयोगका लागि ६ अर्ब ५५ करोडको कार्यक्रम तथा बजेट स्वीकृत
rajdhanidaily.com · Wed Jul 29 09:31:19 GMT 2026

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चालु आर्थिक वर्ष २०८३/८४ का लागि छ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँबराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको आयोगको २७औँ बैठकले नेपाल सरकारबाट विनियोजित पाँच अर्ब ९९ करोड २१ लाख र आयोगको आन्तरिक स्रोततर्फ ५६ करोड चार लाख ९८ हजार रुपैयाँबराबरको कार्यक्रम तथा बजेट स्वीकृत गरेको आयोगका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए ।
Read full story at source (rajdhanidaily.com)