सुरक्षा निगरानीका लागि सुनसरीको देवानगञ्जमा पठाइयो ६ ड्रोन
techpana.com · Wed Jul 29 09:29:15 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आइतबारदेखि भइरहेको झडपमा सुरक्षा निगरानीका लागि ड्रोन पठाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले छ वटा ड्रोन प्राप्त भएको जानकारी दिए ।
दुई धार्मिक समुदायबिच भइरहेको दङ्गा नियन्त्रण र त्यहाँ भएका गतिविधिको सूक्ष्म निगरानी तथा निरीक्षणका लागि ड्रोन प्रयोग हुने बताइएको छ ।
Read full story at source (techpana.com)