कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि
aarthiknews.com

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। ८३ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठको हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको थियो। पार्टी कार्यालयमा नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उपस्थित भएर श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।
Read full story at source (aarthiknews.com)