प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन
nepalviews.com · Wed Jul 29 10:16:26 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदका लागि प्रस्तावित मानबहादुर कार्की तथा आयुक्त पदका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।
बुधबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट सिफारिस भएका तीनै जनाको नाम अनुमोदन गरेको हो । वाग्ले र सुब्बाको संसदीय सुनुवाइ मंगलबार सम्पन्न भएको थियो भने प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित कार्कीको सुनुवाइ बुधबार भएको हो ।
Read full story at source (nepalviews.com)