सांसदसहित ४७ अधिकारी भ्रष्टाचार विरुद्धको अभियानमा पक्राउ
hamrakura.com · Mon Jun 29 00:00:00 GMT 2026
बग्दाद । इराकी सुरक्षा निकायले भ्रष्टाचार विरुद्ध सञ्चालन गरिएको अभियानका क्रममा संसद्का सदस्यसहित ४७ जना अधिकारीलाई पक्राउ गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
हालै प्रधानमन्त्री नियुक्त भएका अलि अल–जैदीले पदभार ग्रहण गरेसँगै भ्रष्टाचार नियन्त्रण र राज्यको सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको नेतृत्वमा सञ्चालन गरिएको यो अभियान आगामी महिना हुने अपेक्षित संयुक्त राज्य अमेरिकाको भ्रमणअघि शुरू गरिएको हो ।
Read full story at source (hamrakura.com)