सडक पूर्वाधारलाई सुधार गर्दै मालिका गाउँपालिका
barnanmedia.com · Sun Jun 28 22:51:57 GMT 2026

मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सडकलाई कालोपत्रसहित स्तरोन्नति गर्न सुरु गरिएको छ । पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका–६ दरबाङ बजारभित्रको सडकलाई फराकिलो बनाएर कालोपत्र गर्न लागिएको हो । बजारभित्रको सडक साँघुरो र कच्ची हुँदा हिलो, धुलोको सास्ती र सवारी आवतजावतमा समस्या भइरहेको समयमा कालोपत्र योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन् ।
बजारभित्रको सडक कालोपत्र हुने भएपछि स्थानीयवासी आफैँले सडकलाई फरोकिलो बनाउन अग्रसर बनेका छन् । सडकको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सडक कालोपत्र भएर रूप फेरिन लागेको उद्योग वाणिज्य सङ्घ दरबाङ एकाइका उपाध्यक्ष अमृत सापकोटाले बताउनुभयो । “दरबाङ आफैँमा महत्वको बजार हो, गाउँपालिकाको केन्द्र भएकाले यसको अझ बढी महत्व बढको छ, नालीसहितको सडक बन्ने आशाले स्थानीयवासीमा विकासप्रतिको आशा जागेको छ”, उहाँले भन्नुभयो ।
Read full story at source (barnanmedia.com)