कर्णालीका नवनियुक्त मुख्यमन्त्रीले गरे पदभार ग्रहण, के गरे निर्णय ?
ratopati.com · Wed Jul 29 10:33:52 GMT 2026

सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ पश्चात् उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
त्यस क्रममा उनले प्रदेश सरकारका विकास आयोजनाहरूको प्रगति विवरण देखिने गरी आयोजनाहरूको ट्र्याकिङ सिस्टम स्थापना तथा सञ्चालन गरिने निर्णय गरेका छन् ।
Read full story at source (ratopati.com)