पर्साका एसपी फेरिए, पवन भट्टराईलाई जिम्मेवारी
ratopati.com · Wed Jul 29 10:29:52 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एसपीलाई सरुवा गरिएको छ । पर्सामा कार्यरत सुदीप पाठकलाई सरुवा गरेर पर्साको इन्चार्जमा पवन भट्टराईलाई पठाउने निर्णय गरिएको छ । आईजीपी दान बहादुर कार्कीले बुधबार एसपी सरुवा सम्बन्धी निर्णय गरेका हुन्।
पवन भट्टराई जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए । सुदिप पाठकलाई उपत्यका प्रहरी कार्यालयमा ल्याइएको छ । सीआईबीमा कार्यरत दान बहादुर थापालाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)