सुनसरीमा सेनाको हवाई गस्ती
onlinekhabar.com · Wed Jul 29 10:29:36 GMT 2026

१३ साउन, काठमाडौं । सुनसरीमा नेपाली सेनाले हवाई गस्ती गरेको छ । देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज र आसपासको अवस्था तनावग्रस्त बनेपछि सेनाले हवाई गस्ती गरेको हो ।
सुरक्षा अवस्था र वस्तुस्थिति बुझ्न सेनाले आफ्नो तर्फबाट गस्ती गरिरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले बताए । उनका अनुसार बुधबार अहिलेसम्म सुनसरी क्षेत्र शान्त रहेको छ ।
Read full story at source (onlinekhabar.com)