निर्वाचन आयोगले पायो पूर्णता, प्रविधिमैत्री चुनावको चुनौती कायमै
ratopati.com · Wed Jul 29 10:45:00 GMT 2026

काठमाडौँ । संसदीय सुनुवाइ समितिबाट निर्वाचन आयोगका प्रमुख आयुक्तसहित अन्य २ जना आयुक्तको नाम अनुमोदन गरेसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । बुधबार बसेको सुनुवाइ समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की र आयुक्तहरूमा गुरुप्रसाद वाग्ले तथा डा. राजीव सुब्बाको नाम अनुमोदन गरेको हो । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएसँगै उनीहरूको नियुक्तिको बाटो खुला भएको छ ।
पाँच सदस्यीय आयोगमा हाल डा. जानकीकुमारी तुलाधर र सगुन शमशेरण जबरामात्र छन् । आगामी दिनमा हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहितमात्र होइन, प्रविधिमैत्री गराउन आवश्यक प्रबन्ध गर्नुपर्ने दायित्व आयोगका पदाधिकारीको काँधमा छ । त्यसका लागि आवश्यक कानुन निर्माणका लागि पहल गर्नेदेखि आर्थिक तथा प्राविधिक विषयको समयमै व्यवस्थापन गर्ने जिम्मा आयोग र त्यसका पदाधिकारीहरूको दायित्व हुन पुग्ने सरोकारवाला बताउँछन् ।
Read full story at source (ratopati.com)