कर्णालीका मुख्यमन्त्री शाहीले लिए शपथ
nepalviews.com · Wed Jul 29 10:44:52 GMT 2026

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
नेकपा एमालेको समर्थनमा नेकपाका शाहीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए । बुधबार मुख्यमन्त्रीको शपथ भए पनि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँडमा कुरा नमिल्दा अन्य मन्त्रीहरूको शपथ भएन छ ।
Read full story at source (nepalviews.com)